इरान–अमेरिका वार्ता असफल, अमेरिकी प्रतिनिधिमण्डल इस्लामावादबाट फर्कियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २९

काठमाडौं, चैत २९ – इरानसँगको सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामावादबाट फर्किएको छ।

बीबीसीका अनुसार, करिब २१ घण्टा चलेको वार्तापछि पनि अमेरिका र इरानबीच कुनै ठोस सहमति हुन सकेन। प्रतिनिधिमण्डल एयर फोर्स टु विमानमार्फत अमेरिका फर्किएको बताइएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भने अमेरिका आफ्नो “अत्यधिक माग” बाट पछि हट्नुपर्ने बताएका छन्। उता इरानसँग नजिक स्रोतहरूले अमेरिका वार्ता टेबल छोड्ने बहाना खोजिरहेको आरोप लगाएका छन्।

अलजजिराका अनुसार, इरानले आगामी चरणका वार्ताका लागि हाल कुनै योजना नभएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *