|
२०८३ बैशाख ४
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबीच जारी तनाव समाधानतर्फ उन्मुख भए आफू पाकिस्तान भ्रमण गर्न सक्ने बताएका छन्। उनले इस्लामाबादमै सम्भावित शान्ति सम्झौता हस्ताक्षर हुने अवस्था आए त्यहाँ जाने विकल्प खुला रहेको उल्लेख गरे।
ट्रम्पका अनुसार इरानसँग सहमति हुने सम्भावना सकारात्मक देखिएको छ भने हाल लागू रहेको दुई साताको युद्धविरामलाई थप लम्ब्याउन नपर्न सक्ने संकेत दिएका छन्। साथै, इरानको युरेनियम संवर्धन रोक्ने विषयमा प्रस्तावित दीर्घकालीन समयसीमा पनि उनले अस्वीकार गरेका छन्।
यद्यपि वार्ता असफल भए पुनः सैन्य कारबाहीतर्फ जान सकिने चेतावनी उनले दोहोर्याएका छन्, जसले क्षेत्रीय तनाव अझै पूर्ण रूपमा हटिनसकेको देखाउँछ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्