|
२०८३ जेष्ठ १८
रूपन्देही, जेठ १८ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसलाई राष्ट्रहितविपरीत भएको बताएका छन्।
लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्रीले संसद्मा दिएको भनाइले जनतामा निराशा पैदा गरेको उल्लेख गरे। उनले उक्त अभिव्यक्ति फिर्ता लिएर संसद्मार्फत माफी माग्न प्रधानमन्त्रीलाई आग्रह गरे।
थापाले प्रधानमन्त्रीको भनाइमा समर्थन जनाउने सांसदहरूलाई पनि जनताप्रति जवाफदेही बन्नुपर्ने बताए। साथै, कांग्रेसले सरकारका सकारात्मक काममा सहयोग गर्ने र कमजोरी देखिए खबरदारी गर्ने नीति कायम राख्ने स्पष्ट पारे।
कार्यक्रममा उनले पार्टी संगठन सुदृढीकरण, उम्मेदवार छनोट प्रक्रिया र भ्रातृ संस्थाहरूको महाधिवेशनबारे पनि धारणा राखेका थिए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्