अर्घाखाँचीमा ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १९

अर्घाखाँची : ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *