यौन शोषणको आरोपमा कानुन व्यवसायी पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २०

उदयपुर – उदयपुर प्रहरीले एक जना कानुन व्यवसायीलाई यौन शोषणको आरोपमा नियन्त्रणमा लिएको छ । 

एकल महिलालाई यौन शोषण गरेको आरोपमा बेलका नगरपालिका- ७ रामपुरठोक्सिला स्थायी घर भई गाईघाटमा बस्दै आएका सुमन भन्ने किरण केसीलाई प्रहरीले पक्राउ गरेको हो । केसी नेपाल बार एसोसिएसन जिल्ला सदस्य पनि हुन् । 

चौदन्डीगढी नगरपालिका- ८ सिद्धिपुर निवासी पीडित महिलाले आफूलाई १० वर्षदेखि बन्धक बनाई यौन शोषण गर्दै आएको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिएकी छन् । उजुरीका आधारमा जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरी केसीमाथि अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

विवाह गर्ने प्रलोभन दिएर यौन शोषण गरेको र आफूले विदेशबाट कमाएर ल्याएको पैसा पनि खाएको पीडित महिलाको आरोप छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *