नयाँ संसद् भवनको नीलो डिजाइनबारे चर्कियो चर्चा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १४

सिंहदरबार परिसरमा निर्माण सम्पन्न भएको नयाँ संघीय संसद् भवन प्रयोगको तयारीमा पुगेसँगै यसको नीलो रंगको आन्तरिक डिजाइन चर्चाको विषय बनेको छ। भवनका भित्ता, पर्दा, कार्पेट र सोफामा नीलो रंगको प्रयोग भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म विभिन्न टिप्पणी भइरहेका छन्।

केही सांसदहरूले हलको बनावट संसदीय वातावरणअनुसार नभएको भन्दै आलोचना गरेका छन्। एमाले सांसद ऐन महरले संसद् भवन ‘फिल्म हलजस्तो’ देखिएको टिप्पणी गरेका छन्। नयाँ भवन आगामी बजेट अधिवेशनका लागि प्रयोग गर्ने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *