संसद् भवन निर्माणमा ढिलाइप्रति कडा असन्तुष्टि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ११

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले सिंहदरबार भित्र निर्माणाधीन संघीय संसद् भवनको बुधबार साँझ आकस्मिक अनुगमन गरेका छन्।

रातिको समयमा भइरहेको कामको अवस्थाबारे प्रत्यक्ष बुझ्न पुगेका मन्त्री घिसिङले निर्धारित अनुसार तीन सिफ्टमा काम नचलेको देखेपछि कडा असन्तुष्टि जनाए। उनले नयाँ प्रतिनिधिसभाको पहिलो बैठक फागुन २१ पछि बस्ने तयारी भएकाले निर्माण तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका थिए।

तर, काम अपेक्षाअनुसार नबढेको भन्दै मन्त्री घिसिङले निर्माण कम्पनी तथा मन्त्रालयका सम्बन्धित अधिकारीलाई आवश्यक प्रगति नदेखिए कारबाहीबाट नछुटिने चेतावनी दिए। नियमित अनुगमनमा रहेको आयोजना तथा परामर्शदाता टोलीमाथि पनि आवश्यक कदम चालिने स्पष्ट पारियो।

संसद् भवन आगामी चैतभित्र उपयोगमा ल्याउने लक्ष्य राखिएको छ। २०७६ असोजमा तीन वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता भए पनि म्याद पाँच पटक बढाइँदै आएको छ। पछिल्लो विस्तार पुस १६ गते समाप्त हुँदैछ। निर्माणको समग्र प्रगति करिब ८७ प्रतिशत पुगेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *