संसद् भवन परिसरमा ४५ ‘जेन-जी’ शहीदको सालिक बन्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २६

काठमाडौँ । सरकारले जेन-जी जनआन्दोलनका ४२ जना शहीद र तीन जना अमर प्रहरीसहित ४५ जनाको सालिक नयाँ बन्ने संसद् भवनको परिसरमा निर्माण गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको सिफारिसमा शहरी विकास मन्त्रालयले उक्त निर्माण प्रक्रिया अघि बढाउने भएको हो ।

विगत तीन महिनाको अवधिमा गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले जेन-जी आन्दोलनसँग सम्बन्धित विभिन्न ३२ वटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। जसमा आन्दोलनका घाइतेहरूको व्यवस्थापन, शहिद परिवारलाई राहत र आन्दोलनकारीसँग भएको ऐतिहासिक १० बुँदे सम्झौताको अनुमोदन प्रमुख रहेका छन् ।

गृह मन्त्रालयका अनुसार जेन-जी आन्दोलनका कुल दुई हजार ४२९ घाइतेमध्ये मंसिर २३ गतेसम्म ६४८ जनाले घाइते परिचयपत्र प्राप्त गरिसकेका छन् । जसमध्ये ६१६ जनालाई जिल्ला प्रशासन कार्यालयहरूबाट र ३२ जनालाई अस्पतालहरूबाट परिचयपत्र वितरण गरिएको छ। यस्तै, २०९ जना घाइतेको वर्गीकरण सम्पन्न भइसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *