विद्यार्थी सङ्गठन खारेज निर्णयप्रति कांग्रेस नेता खड्काको आपत्ति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ९

काठमाण्डौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सरकारद्वारा विद्यार्थी सङ्गठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । उनले उक्त निर्णय लोकतान्त्रिक मूल्य–मान्यता विपरीत र अधिनायकवादी प्रवृत्तिको संकेत भएको बताए ।

विज्ञप्तिमार्फत नेता खड्काले नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै यस्तो निर्णय अस्वीकार्य भएको उल्लेख गरे । उनका अनुसार विगतका जनआन्दोलनहरूमा विद्यार्थीहरूको सक्रिय सहभागिताले वर्तमान व्यवस्था स्थापना सम्भव भएको हो ।

उनले विद्यार्थी सङ्गठनलाई शैक्षिक क्षेत्रका समस्या उठाउने वैधानिक निकायको रूपमा व्याख्या गर्दै सरकारलाई निर्णय फिर्ता लिन आग्रह गरे । अन्यथा लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिन सक्ने चेतावनी पनि दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *