सभापति थापाको अभिव्यक्तिपछि खड्काको कडा प्रतिवाद

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १

काठमाण्डौँ । नेपाली कांग्रेसको अनुशासन समितिलाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनौती दिएका छन् । खड्काले कार्यवाहक सभापतिको हैसियतमा पार्टीको लेटरप्याडमा विज्ञप्ति निकालेर चुनौती दिएका हुन् ।

गत पुस २७ देखि ३० गतेसम्म आयोजित विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले गत माघ २ गते आधिकारिकता दिएको थियो । त्यसपछि खड्कासहितका १४औँ महाधिवेशनबाट आएका पदाधिकारीहरू निवर्तमान भएका थिए ।

यद्यपि आयोगको त्यो निर्णयविरुद्ध १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र नेता डा।शेखर कोइराला समूहले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।

विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वको समिति क्रियाशील रहे पनि खड्काले गत चैत १४ गते कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएका थिए ।

कार्यवाहक सभापति पद र पार्टीको लेटरप्याड दुरुपयोग गरेको भन्दै कारबाही प्रक्रिया अगाडि बढाउने समितिको चेतावनी थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *