कांग्रेस नेता चन्द्र भण्डारी सभापतिमा उठ्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २४

काठमाण्डौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आगामी १५औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् सभापति पदमा उम्मेदवारी दिने बताएका हुन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित । तर देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ ।’

कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *