प्रधानमन्त्रीसहित नेताहरूबारे अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
चैत्र २९, २०८२

पाँचथर, २९ चैत — प्रधानमन्त्री तथा अन्य राजनीतिक नेताहरूलाई लक्षित गर्दै अपमानजनक र गालीगलौजयुक्त सामग्री युट्युबमा सार्वजनिक गरेको आरोपमा पाँचथरमा एक जना युट्युबर पक्राउ परेका छन्।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी रोशन पोखरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। नेपाल प्रहरीको साइबर ब्युरोबाट प्राप्त अनुसन्धान प्रतिवेदनका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार ‘Hades’ नामक युट्युब च्यानलमार्फत नेताहरूविरुद्ध आपत्तिजनक सामग्री प्रसारण गरिएको पाइएपछि अनुसन्धान अघि बढाइएको थियो।

पक्राउ परेका पोखरेललाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *