|
२०८२ चैत्र २८
काठमाडौं— नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले श्रम संस्कृति पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्। आज पदको शपथ ग्रहण गरेलगत्तै जारी विज्ञप्तिमा उनले संविधानअनुसार तटस्थ रहनुपर्ने दायित्वका कारण पार्टीबाट अलग भएको उल्लेख गरेकी हुन्।
संविधानको धारा २९९ को उपधारा (५) अनुसार सभामुख वा उपसभामुखले पद सम्हाल्दा कुनै पनि दलको पक्ष–विपक्षमा नलागी निष्पक्ष रूपमा काम गर्नुपर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार आफूले अब तटस्थ व्यक्तिको हैसियतमा जिम्मेवारी निर्वाह गर्ने उनले बताइन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्