|
२०८२ चैत्र २६
काठमाडौं — प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको छ। संसदमा बुधबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचन चैत २७ गते शुक्रबारका लागि तय गरिएको जानकारी दिएका हुन्।
सभामुख अर्यालले निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिँदै आवश्यक सूचना सोही दिन प्रकाशित गर्न भनेका छन्। यसका लागि सचिवालयका सचिव हर्क राईलाई औपचारिक जिम्मेवारी प्रदान गरिएको छ।
उपसभामुख पद रिक्त भएपछि नयाँ नेतृत्व चयन गर्न लागिएको हो। निर्वाचन प्रक्रियाले संसदको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्