केटाकेटी खुसी हुन्छन् भनेर भदौ २४ गते भागे जस्तो गरेको हु : केपी शर्मा ओली

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २६

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भएको जेनजी आन्दोलनु पछि आफू हेलिकप्टर चढेर भागेको भन्ने चर्चालाई खण्डन गरेका छन् ।

ओलीले आफू भागेको नभई केटाकेटी (युवा पुस्ता) खुसी हुन्छन् भनेर वल्लो घरबाट पल्लो घर मात्रै सरेको स्पष्ट पारेका छन् ।

मलाई सबैले भाग्यो, भाग्यो भनेर भनेपछि म वल्लो घरबाट पल्लो घर मात्रै सरेको त, कहाँ भागेको छु र ? उनले पटक-पटक दोहोर्याए।

पूर्व प्रधानमन्त्री ओलीले भदौ २४ गतेको सन्दर्भ जोड्दै, भदौ २४ गते केटाकेटी खुसी हुन्छन् भनेर भागे जस्तो पो गरेको त, कहाँ भाग्नु ? भन्दै एक कार्यक्रममा हाँसो मजाक समेत गरेका छन् । उनले युवा पुस्तालाई खुसी पार्नका लागि मात्रै आफूले त्यस्तो भागे जस्तो गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *