प्रधानमन्त्री बालेन सांसदहरूसँग छलफल गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १६

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज सांसदहरूसँग छलफल गरेका छन् ।

सत्ता र प्रतिपक्षीमा रहेका दलका सांसदहरूसँग प्रधानमन्त्रीले छलफल गरिरहेका हुन् ।

प्रदेशगत रूपमा प्रधानमन्त्रीले सांसदहरूसँग सामूहिक छलफल गरेका छन् ।

राप्रपा संसदीय दल नेतासमेत रहेका सांसद ज्ञानेन्द्र शाही पनि छलफलमा पुगेका छन् ।

प्रधानमन्त्रीले छलफलका लागि बोलाएको र आफूले कर्णालीका विकास निर्माणका विषयहरू उठान गर्ने उनले पत्रकारहरूलाई बताए ।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले भने प्रधानमन्त्रीले राखेको बैठकमा नजाने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *