आज पहाड र हिमालमा बदली, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ९

काठमाडौँ — आज देशको मौसम पश्चिमी र स्थानीय वायुको प्रभावमा रहनेछ। यसको असरले विशेषगरी पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली देखिनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

हाल कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ, साथै उच्च भागहरूमा हिमपात पनि देखिएको छ।

दिनभरि सुदूरपश्चिमसहित अन्य पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ। मौसम परिवर्तनशील रहने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *