|
२०८२ माघ १०
काठमाडौं । देशमा हाल पश्चिमी वायुको प्रभाव कायम रहेको छ । यसका कारण सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहेको छ ।
आज दिउँसो उच्च पहाडी र हिमाली क्षेत्रमा बदली रहनेछ । ती क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि छिटफुट वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
राति पहाडी तथा हिमाली भूभागमा बदली कायम रहनेछ भने अन्य ठाउँमा आंशिक बदलीको अवस्था देखिनेछ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्