आजको मौसम: देशभर बदली, वर्षा र हिमपातको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ७

काठमाडौँ, चैत्र ७ — हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ, जसका कारण अधिकांश भू–भागमा बदली छाएको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा पनि यस्तै खालको मौसम देखिन सक्ने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना पनि रहेको छ।

हाल बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ भने अन्य प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा तथा हिमपात देखिएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यात्रामा निस्कँदा सावधानी अपनाउनुहोस्, विशेषगरी हावाहुरी र चट्याङको जोखिम रहेकोले सतर्क रहन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *