काठमाडौँ — काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ तौलुङ क्षेत्रमा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ। विशेष गस्तीमा खटिएको प्रहरी टोलीले उदयपुर घर भएका ४५ वर्षीय प्रबिन किसनलाई १८ लाख ५० हजार रुपैयाँ नगदसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ४:३० बजे शंकास्पद रूपमा हिँडिरहेका किसनलाई प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले रोकेर जाँच गरेको थियो। जाँचका क्रममा उनको साथबाट ठूलो परिमाणको नगद फेला परेको र सो रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको जनाइएको छ।
उदयपुर स्थायी ठेगाना भई हाल काठमाडौँको कोटेश्वरमा बस्दै आएका किसनमाथि थप अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार आवश्यक कानुनी कारबाहीका लागि पक्राउ परेका व्यक्ति र बरामद गरिएको नगद आन्तरिक राजस्व कार्यालय हरिहरभवन, ललितपुर पठाइएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्