आजको विदेशी मुद्रा दर सार्वजनिक: डलर १४५ रुपैयाँ नाघ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १७

काठमाडौं – नेपाल राष्ट्र बैंक ले आज (आइतबार)का लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ।

प्रकाशित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा कायम भएको छ। युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा तोकिएको छ भने बेलायती पाउण्ड एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ।

त्यस्तै स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरको दर पनि आजका लागि तय गरिएको छ। एसियाली मुद्रातर्फ जापानी येन (१० को) ९ रुपैयाँ ३२ पैसा खरिद र ९ रुपैयाँ ३६ पैसा बिक्रीदरमा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १८ पैसा र बिक्रीदर २१ रुपैयाँ २७ पैसा कायम भएको छ।

मध्यपूर्वी मुद्रामा साउदी रियाल, कतारी रियाल, यूएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको दरसमेत सार्वजनिक गरिएको छ। कुवेती दिनार सबैभन्दा महँगो मुद्राका रूपमा ४७५ रुपैयाँ ५२ पैसा (खरिद) र ४७७ रुपैयाँ ४८ पैसा (बिक्री) मा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला परिमार्जन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले भने आफ्नै दर निर्धारण गर्न सक्ने भएकाले केही फरक पर्न सक्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *