आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १३

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७२ पैसा तथा युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ६५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ४७ पैसा कायम गरिएको छ।

यसैगरी स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरको दर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा रहेको छ भने चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, युएई दिरामलगायत मुद्राको मूल्य पनि निर्धारण गरिएको छ।

केन्द्रीय बैंकका अनुसार कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ २७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २३ पैसा, बहराइन दिनार र ओमनी रियालको मूल्य पनि उच्च रहेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकता अनुसार यी विनिमयदर जुनसुकै बेला संशोधन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध रहने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *