काठमाडौं । नेपाल राष्ट्र बैंक ले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गर्दै सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।
युरो एकको खरिददर १७१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ १९७ रुपैयाँ ५५ पैसा (खरिद) र १९८ रुपैयाँ ३७ पैसा (बिक्री) मा कारोबार हुनेछ। स्वीस फ्र्याङ्क १८८ रुपैयाँ ०२ पैसा (खरिद) र १८८ रुपैयाँ ८० पैसा (बिक्री) कायम हुँदा अष्ट्रेलियन डलर १०२ रुपैयाँ ५० पैसा (खरिद) र १०२ रुपैयाँ ९२ पैसा (बिक्री) निर्धारण गरिएको छ।
त्यस्तै क्यानेडियन डलर १०६ रुपैयाँ २४ पैसा (खरिद) र १०६ रुपैयाँ ६८ पैसा (बिक्री), सिङ्गापुर डलर ११४ रुपैयाँ ७० पैसा (खरिद) र ११५ रुपैयाँ १७ पैसा (बिक्री) मा तोकिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा कायम छ भने चिनियाँ युआन २० रुपैयाँ ९५ पैसा (खरिद) र २१ रुपैयाँ ०४ पैसा (बिक्री) मा विनिमय हुनेछ।
खाडी मुलुकतर्फ साउदी रियाल ३८ रुपैयाँ ६० पैसा (खरिद) र ३८ रुपैयाँ ७६ पैसा (बिक्री), कतारी रियाल ३९ रुपैयाँ ६० पैसा (खरिद) र ३९ रुपैयाँ ७७ पैसा (बिक्री) तोकिएको छ। युएई दिराम ३९ रुपैयाँ ४१ पैसा (खरिद) र ३९ रुपैयाँ ५७ पैसा (बिक्री) कायम गरिएको छ।
यसैगरी भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले आवश्यकताअनुसार विनिमयदर संशोधन गर्न सकिने स्पष्ट पारेको छ भने वाणिज्य बैंकहरूले तोक्ने दरमा केही फरक पर्न सक्ने उल्लेख गरेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्