आजको विदेशी मुद्राको विनिमयदर

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १२

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा तोकिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३४ पैसा कायम गरिएको छ।

स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४० पैसा र बिक्रीदर ९२ रुपैयाँ ७९ पैसा, र क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६८ पैसा तथा बिक्रीदर १०१ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ।

सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०९ रुपैयाँ २९ पैसा तोकिएको छ भने जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा रहेको छ।

त्यस्तै, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८३ पैसा तोकिएको छ।

थाइ भाट एकको खरिददर चार रुपैयाँ ३४ पैसा र बिक्रीदर चार रुपैयाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७२ पैसा रहेको छ।

साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८१ पैसा र बिक्रीदर नौ रुपैयाँ ८६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ ०९ पैसा, र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९९ पैसा र बिक्रीदर २२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १४ पैसा र बिक्रीदर १८ रुपैयाँ २२ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपैयाँ ७० पैसा र बिक्रीदर ४६१ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४४ पैसा, र ओमनी रियाल एकको खरिददर ३६६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ६० पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार यो विनिमयदरमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दरमा केही भिन्नता हुनसक्ने बताइएको छ र अद्यावधिक विनिमयदर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *