काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरमा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७९ पैसा तोकिएको छ।
युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रूपैयाँ १२ पैसा तथा बिक्रीदर १९३ रूपैयाँ ९२ पैसा कायम गरिएको छ।
स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रूप रुपैयाँ १८ पैसा र बिक्रीदर १८१ रूपैयाँ ९३ पैसा निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलरको खरिददर ९६ रूपैयाँ १० पैसा र बिक्रीदर ९६ रूपैयाँ ५० पैसा, क्यानेडियन डलरको खरिददर १०४ रूपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रूपैयाँ ०४ पैसा तोकिएको छ।
सिङ्गापुर डलरको खरिददर १११ रूपैयाँ ५५ पैसा र बिक्रीदर ११२ रूप रुपैयाँ ०२ पैसा सार्वजनिक गरिएको छ।
जापानी येन १० को खरिददर ९ रूपैयाँ २६ पैसा र बिक्रीदर ९ रूपैयाँ ३० पैसा, चिनियाँ युआन १ को खरिददर २० रूपैयाँ ४४ पैसा र बिक्रीदर २० रूपैयाँ ५३ पैसा निर्धारण गरिएको छ।
यस्तै साउदी रियाल, कतारी रियाल, थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनरलगायत मुद्रामा पनि नयाँ दर प्रकाशित गरिएको छ।
कुवेती दिनार एकको खरिददर ४७० रूपैयाँ ४० पैसा र बिक्रीदर ४७२ रूपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३८४ रूप रुपैयाँ ३८ पैसा तोकिएको छ।
ओमानी रियाल एकको खरिददर ३७४ रूपैयाँ ८० पैसा र बिक्रीदर ३७६ रूपैयाँ ३६ पैसा निर्धारण गरिएको छ।
भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकका अनुसार विनिमयदर आवश्यकताअनुसार कुनै पनि बेला परिवर्तन हुनसक्ने र वाणिज्य बैंकहरूले तोक्ने दरमा केही फरक हुनसक्ने जनाएको छ। अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुन्छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्