मेष
आज तपाईंलाई नयाँ जिम्मेवारी थपिन सक्छ। कामको चाप बढे पनि सहकर्मी र परिवारजनको साथले कार्य सफलतापूर्वक सम्पन्न हुनेछ। साहसिक निर्णय लिन सकिने दिन छ, तर हतारमा गरिएको निर्णयले पछुतो हुन सक्छ। आर्थिक पक्ष सामान्य रहे पनि खर्च बढ्ने सम्भावना छ।
शुभ रंग: सेतो | शुभ अंक: ८
वृष
पारिवारिक वातावरणमा सानो असमझदारी आउन सक्छ, संवादमार्फत समाधान खोज्नु उपयुक्त हुनेछ। कार्यक्षेत्रमा भने नयाँ अवसर प्राप्त हुन सक्छ। लगानीसम्बन्धी निर्णय गर्दा अनुभवी व्यक्तिको सल्लाह लिनु राम्रो हुनेछ। आफन्तसँग भेटघाटले मन हलुका बनाउनेछ।
शुभ रंग: निलो | शुभ अंक: ७
मिथुन
सामाजिक प्रतिष्ठा बढ्ने दिन छ। कुनै शुभ समाचारले उत्साह थप्नेछ। विगतदेखि रोकिएका काम पूरा हुने संकेत छन्। विद्यार्थी वर्गका लागि अध्ययनमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा पारदर्शिता अपनाउनु राम्रो हुनेछ।
शुभ रंग: सेतो | शुभ अंक: ६
कर्कट
अरूको भरमा काम गर्दा समस्या आउन सक्छ, त्यसैले आफ्नै प्रयासमा विश्वास गर्नुहोस्। व्यापार वा पेशासम्बन्धी यात्रा सफल रहनेछ। घरपरिवारमा सल्लाह–सुझावको आवश्यकता पर्न सक्छ। स्वास्थ्यप्रति सचेत रहनु आवश्यक देखिन्छ।
शुभ रंग: केशरी | शुभ अंक: ४
सिंह
आर्थिक लाभको सम्भावना बलियो छ। तपाईंको नेतृत्व क्षमता प्रशंसित हुनेछ। चुनौतीपूर्ण कामलाई बुद्धिमत्तापूर्वक समाधान गर्न सकिनेछ। महत्वाकांक्षी योजना अघि बढाउन उपयुक्त समय छ। मित्रजनसँग सहकार्य लाभदायक रहनेछ।
शुभ रंग: हरियो | शुभ अंक: ५
कन्या
योजनाविहीन निर्णयले काममा अवरोध ल्याउन सक्छ। त्यसैले प्रत्येक कदम सोचविचार गरेर चाल्नु उचित हुनेछ। आर्थिक पक्ष सबल देखिए पनि अनावश्यक खर्चबाट बच्नु राम्रो हुनेछ। सहकर्मीबाट सहयोग मिल्नेछ।
शुभ रंग: खैरो | शुभ अंक: ४
तुला
कानुनी तथा प्रशासनिक क्षेत्रमा सफलता मिल्ने संकेत छन्। उच्च अधिकारीबाट प्रशंसा प्राप्त हुन सक्छ। सांस्कृतिक वा सामाजिक कार्यक्रममा सहभागिता रहनेछ। दाम्पत्य जीवन सन्तुलित रहनेछ।
शुभ रंग: पहेंलो | शुभ अंक: ७
वृश्चिक
काममा लापरबाही नगर्नुहोस्, अवसर गुम्न सक्छ। सहकर्मीबाट अपेक्षित सहयोग नपाइए पनि आत्मविश्वास कायम राख्नुहोस्। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनु आवश्यक छ।
शुभ रंग: रातो | शुभ अंक: २
धनु
समयको सही सदुपयोग गर्न सक्नुभयो भने उपलब्धि हात पर्नेछ। दाम्पत्य जीवनमा मधुरता रहनेछ र छोटो यात्राको सम्भावना छ। नयाँ जिम्मेवारी आउन सक्छ, तर परिणामका लागि धैर्य आवश्यक हुनेछ।
शुभ रंग: पहेंलो | शुभ अंक: १
मकर
सन्तानबाट खुसीको खबर मिल्न सक्छ। व्यापारमा पारदर्शिता र स्पष्टता अपनाउनु राम्रो हुनेछ। लागतको सही मूल्यांकन नगरी काम सुरु नगर्नुहोस्। धैर्य र अनुशासनले सफलता दिलाउनेछ।
शुभ रंग: सिन्दुरी | शुभ अंक: २
कुम्भ
मेहनतको फल ढिलो भए पनि अवश्य प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। नयाँ सीप सिक्ने अवसर मिल्न सक्छ। भविष्यका योजनालाई व्यवस्थित गर्ने समय हो।
शुभ रंग: कलेजी | शुभ अंक: ३
मीन
काममा ढिलाइ हुँदा मानसिक तनाव बढ्न सक्छ। व्यवसायमा न्यून उपलब्धि भए पनि निराश नहुनुहोस्। प्रतिस्पर्धी सक्रिय रहने भएकाले सजगता आवश्यक छ। आध्यात्मिक क्रियाकलापले मन शान्त बनाउनेछ।
शुभ रंग: बैजनी | शुभ अंक: ५

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्