मेष
आज तपाईँमा धार्मिक तथा सामाजिक कार्यप्रति झुकाव बढ्नेछ। परिवारसँग तीर्थ, पूजा वा सांस्कृतिक कार्यक्रममा सहभागी हुने सम्भावना छ। काममा हतार नगरी योजनाबद्ध ढंगले अघि बढे सफलता मिल्नेछ। विद्यार्थीहरूलाई उच्च शिक्षासम्बन्धी मार्गदर्शन प्राप्त हुन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ तर अनावश्यक खर्चबाट जोगिनु बुद्धिमानी हुनेछ।
शुभ रंग: रातो | शुभ अंक: २
वृष
स्वास्थ्यप्रति सजग रहनुपर्ने दिन छ, विशेष गरी खानपानमा ध्यान दिनु आवश्यक देखिन्छ। आफन्तसँग सानो असमझदारीले मन खिन्न बनाउन सक्छ तर संयमतापूर्वक व्यवहार गर्दा समस्या टर्नेछ। आध्यात्मिक ज्ञान वा ध्यान–योगमा रुचि बढ्न सक्छ। पेशागत क्षेत्रमा स्थिरता रहनेछ।
शुभ रंग: हरियो | शुभ अंक: ३
मिथुन
साझेदारी वा संयुक्त लगानीबाट लाभ मिल्ने संकेत छ। दाम्पत्य जीवनमा आपसी समझदारी अझ प्रगाढ बन्नेछ। कार्यक्षेत्रमा नेतृत्व क्षमता देखाउने अवसर आउन सक्छ। नयाँ सम्झौता वा परियोजनाले दीर्घकालीन फाइदा दिने सम्भावना छ।
शुभ रंग: निलो | शुभ अंक: २
कर्कट
आज बनाएका योजना कार्यान्वयनमा लैजाने दिन हो। सानो स्वास्थ्य समस्या देखिन सक्छ, त्यसैले आराम र सन्तुलित आहार आवश्यक छ। आर्थिक लेनदेन गर्दा कागजी प्रक्रिया राम्रोसँग जाँच्नुहोस्। पारिवारिक साथले आत्मविश्वास बढाउनेछ।
शुभ रंग: पहेंलो | शुभ अंक: ६
सिंह
तपाईँको बोली र प्रस्तुतिकरण प्रभावकारी रहनेछ। सामाजिक सञ्जाल वा सार्वजनिक कार्यक्रममा सक्रियता बढ्न सक्छ। सन्तानको भविष्यबारे चिन्ता भए पनि सकारात्मक समाचारले राहत मिल्नेछ। प्रेम सम्बन्धमा विश्वास मजबुत बन्नेछ।
शुभ रंग: आकाशी | शुभ अंक: ४
कन्या
आज प्रियजनको साथले मन प्रसन्न रहनेछ। लामो समयदेखि रोकिएको कानुनी वा प्रशासनिक काम अघि बढ्नेछ। नयाँ अवसरले जीवनको दिशा परिवर्तन गर्न सक्छ। आर्थिक पक्ष सन्तोषजनक रहने संकेत छ।
शुभ रंग: रातो | शुभ अंक: ६
तुला
सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रियता बढ्नेछ। व्यापार विस्तार वा नयाँ लगानीको योजना बन्न सक्छ। निरन्तर मेहनतले भविष्यमा सकारात्मक परिणाम दिनेछ। वैवाहिक जीवन सन्तुलित रहनेछ।
शुभ रंग: खैरो | शुभ अंक: ३
वृश्चिक
भौतिक सुख–सुविधा जोड्ने समय छ। रचनात्मक क्षेत्रमा लागेकाहरूले आफ्नो प्रतिभा देखाउने अवसर पाउनेछन्। अध्ययनरत विद्यार्थीको ध्यान केन्द्रित रहनेछ। आर्थिक लाभको संकेत देखिन्छ।
शुभ रंग: सुन्तला | शुभ अंक: ७
धनु
प्रतिष्ठित कामको जिम्मेवारी आउन सक्छ। अधुरा योजना पूरा हुने सम्भावना छ जसले आत्मसन्तुष्टि दिनेछ। साहित्य, कला तथा शिक्षण क्षेत्रमा लागेकाहरूलाई सफलता मिल्नेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ।
शुभ रंग: केसरी | शुभ अंक: ४
मकर
अरूको काममा सहयोग गर्दा आफ्ना काममा ढिलाइ हुन सक्छ। वैदेशिक रोजगारी वा अध्ययनका अवसर देखा पर्न सक्छन्। प्रतिस्पर्धी सक्रिय रहने भएकाले रणनीति बनाएर अघि बढ्नु उचित हुनेछ। आर्थिक पक्ष मध्यम रहनेछ।
शुभ रंग: कलेजी | शुभ अंक: २
कुम्भ
आर्थिक उन्नतिको संकेत छ। नयाँ आम्दानीका स्रोत पत्ता लाग्न सक्छन्। सम्बन्धमा गहिरो विश्वास विकास हुनेछ। व्यवसायमा विस्तारको योजना सफल हुन सक्छ।
शुभ रंग: निलो | शुभ अंक: ८
मीन
नयाँ कामको थालनी गर्न अनुकूल दिन छ। प्रभावशाली व्यक्तिसँग भेटघाटले भविष्यका अवसर खुलाउनेछ। घरायसी जिम्मेवारी बढे पनि परिवारबाट सहयोग मिल्नेछ। आत्मविश्वास बढ्नेछ।
शुभ रंग: रातो | शुभ अंक: २

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्