आजको ज्योतिष संकेत : फागुन ११ गते सोमबारको दैनिक फलादेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ११

मेष – आज तपाईंका लागि उत्साहजनक दिन रहनेछ। रोकिएका कामहरू अघि बढ्नेछन् र नयाँ अवसर प्राप्त हुन सक्छ। प्रतिष्ठित व्यक्तिसँग भेटघाटको सम्भावना छ। आत्मविश्वास बढ्नेछ।
शुभ रंग: कलेजी | शुभ अंक: ५

वृष – आर्थिक अवस्था क्रमशः सुधारतर्फ उन्मुख हुनेछ। परिवारभित्र सानो मतभेद हुन सक्छ, संयमता अपनाउनु राम्रो हुन्छ। स्वास्थ्यमा घाँटी वा रुघाखोकीले सताउन सक्छ।
शुभ रंग: निलो | शुभ अंक: ४

मिथुन – नयाँ योजना प्रारम्भ गर्न अनुकूल समय छ। अध्ययन, लेखन तथा बौद्धिक कार्यमा सफलता मिल्नेछ। व्यापार–व्यवसायमा लाभको संकेत देखिन्छ।
शुभ रंग: केशरी | शुभ अंक: २

कर्कट – पेशागत क्षेत्रमा प्रशंसा पाइनेछ। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। सामाजिक सम्मानमा वृद्धि हुनेछ।
शुभ रंग: पहेंलो | शुभ अंक: ४

सिंह – नेतृत्व क्षमता अझ प्रखर हुनेछ। घरपरिवारमा खुसीयालीको वातावरण बन्नेछ। आर्थिक पक्ष बलियो रहनेछ र नयाँ जिम्मेवारी आउन सक्छ।
शुभ रंग: निलो | शुभ अंक: ३

कन्या – कामको व्यस्तता बढ्नेछ। अपेक्षित परिणाम नआए पनि धैर्य राख्नुहोस्। पेटसम्बन्धी समस्या देखिन सक्छ, खानपानमा सावधानी अपनाउनुहोस्।
शुभ रंग: हरियो | शुभ अंक: २

तुला – आर्थिक लाभको राम्रो संकेत छ। दाम्पत्य सम्बन्धमा मधुरता बढ्नेछ। वैदेशिक अवसर प्राप्त हुन सक्छ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ।
शुभ रंग: हरियो | शुभ अंक: ३

वृश्चिक – करियरमा परिवर्तनको सम्भावना देखिन्छ। साथीभाइको साथ सहयोग मिल्नेछ। गोपनीय विषय सार्वजनिक नगर्नु राम्रो हुन्छ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस्।
शुभ रंग: रातो | शुभ अंक: १

धनु – रचनात्मक कार्यमा सफलता मिल्नेछ। अध्ययन, अनुसन्धान तथा लेखन क्षेत्रमा प्रगति हुनेछ। पुरानो सफलताले थप हौसला दिनेछ।
शुभ रंग: सुन्तला | शुभ अंक: ४

मकर – आर्थिक पक्ष सबल रहनेछ। लगानीबाट फाइदा मिल्ने सम्भावना छ। खानपानमा सचेत रहनु आवश्यक छ। जग्गा–जमिन सम्बन्धी काममा लाभ मिल्न सक्छ।
शुभ रंग: पहेंलो | शुभ अंक: ८

कुम्भ – आत्मविश्वास बढ्ने दिन छ। मेहनतको उचित मूल्यांकन हुनेछ। सामाजिक तथा पेशागत क्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ।
शुभ रंग: खैरो | शुभ अंक: ६

मीन – भविष्यका योजना बनाउने उत्तम समय छ। व्यापार–व्यवसायमा आँट गरे लाभ मिल्नेछ। पारिवारिक साथ र मिठो भोजनको अवसर प्राप्त हुन सक्छ।
शुभ रंग: आकाशी | शुभ अंक: ९

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *