आजको राशिफल: शनिबार ग्रह–नक्षत्रको प्रभाव कस्तो रहला?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १९

मेष

आज तपाईँको साहस र धैर्यले कठिन काम पनि सहज रूपमा पूरा हुन सक्छ। आँटेका काममा सफलता मिल्ने योग रहेको छ। पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ, विशेषगरी भाइबहिनीहरूसँगको सम्बन्ध अझ बलियो बन्ने संकेत छ। समयको सदुपयोग गर्न सके छोटो अवधिमै उल्लेखनीय उपलब्धि हात पार्न सक्नुहुन्छ।
शुभ रंग: रातो | शुभ अंक: ५

वृष

आज सामाजिक प्रतिष्ठा बढ्ने दिन हो। सम्मानजनक कार्यमा संलग्न हुँदा समाजमा नाम स्थापित हुन सक्छ। सञ्चित धन वा पुरानो लगानीबाट लाभ हुने सम्भावना देखिन्छ, जसले दैनिक जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्नेछ। आर्थिक अवस्था मजबुत रहने संकेत छ।
शुभ रंग: हरियो | शुभ अंक: ४

मिथुन

महत्वकांक्षी योजना सुरु गर्न आजको दिन अनुकूल छ। आयआर्जनका नयाँ बाटो खुल्ने संकेत देखिएकाले आर्थिक चिन्ता कम हुनेछ। अरूको निर्णयमा भर पर्नुभन्दा आफ्नै विवेक प्रयोग गरी काम गर्दा राम्रो नतिजा आउनेछ। स्वास्थ्य राम्रो रहने भएकाले दिनभरि उत्साह र स्फूर्ति महसुस हुनेछ।
शुभ रंग: निलो | शुभ अंक: १

कर्कट

चलिरहेका काममा प्रशासनिक वा कानुनी अवरोध देखिन सक्छ। कागजी प्रक्रिया, कागजात तथा लिखित काममा विशेष ध्यान दिनु आवश्यक छ। नयाँ अवसरको खोजीमा दौडधुप बढ्न सक्छ। पेशागत क्षेत्रमा विरोधीहरू सक्रिय हुन सक्ने भएकाले सतर्क रहनुहोला।
शुभ रंग: हरियो | शुभ अंक: २

सिंह

आम्दानीको स्थिति सन्तोषजनक रहनेछ। व्यापार, उद्योग तथा लगानीबाट अपेक्षित लाभ मिल्न सक्छ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने अवसर पनि देखिन्छ। यद्यपि अत्यधिक कामले शरीरमा थकान महसुस हुन सक्छ, त्यसैले स्वास्थ्यको ख्याल गर्दै काम गर्नु उचित हुनेछ।
शुभ रंग: केशरी | शुभ अंक: ५

कन्या

नोकरी वा पेशामा आफ्नो प्रभाव जमाउने समय रहेको छ। बोली र विचारको प्रशंसा बढ्नेछ, जसले रोकिएका कामहरू अगाडि बढ्न सहयोग गर्नेछ। वरिष्ठ वा मान्यजनहरूको सुझावलाई गम्भीरतापूर्वक लिनु आज लाभदायक हुनेछ।
शुभ रंग: निलो | शुभ अंक: ३

तुला

सेवामूलक तथा सहकार्यका काममा सफलता मिल्ने दिन हो। सहयोगीहरूको साथले अड्किएका कामहरू अघि बढ्नेछन्। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुँदा मन प्रसन्न रहनेछ। अध्ययन तथा उच्च शिक्षामा देखिएका अवरोधहरू क्रमशः हट्ने संकेत छ।
शुभ रंग: हरियो | शुभ अंक: ४

वृश्चिक

आज आफ्ना कमजोरी र त्रुटिहरू सुधार गर्ने अवसर मिल्नेछ। आलस्यका कारण अवसर गुम्न सक्ने भएकाले सक्रिय रहनु आवश्यक छ। काममा ढिलाइ भए पनि सकारात्मक सोचका साथ निरन्तर अघि बढ्दा अन्ततः सफलता मिल्नेछ।
शुभ रंग: कलेजी | शुभ अंक: ४

धनु

पहिले प्राप्त सफलताले आज थप आत्मविश्वास बढाउनेछ। साथीभाइ वा परिवारसँग रमाइलो जमघटको योग छ। स्वादिष्ट भोजन र मनोरञ्जनको आनन्द लिन सक्नुहुन्छ। व्यापार तथा व्यवसायमा विशेष लाभ हुने सम्भावना देखिन्छ।
शुभ रंग: बैजनी | शुभ अंक: ९

मकर

मेहनत र लगनशीलताले जिम्मेवारीपूर्ण कार्यमा सफलता मिल्नेछ। रोकिएका कामहरू बन्न थालेपछि नयाँ योजनाप्रति उत्साह जाग्नेछ। परिवार वा आफन्तसँग समय बिताउने अवसर मिल्ने भएकाले मानसिक सन्तुलन पनि कायम रहनेछ।
शुभ रंग: हरियो | शुभ अंक: २

कुम्भ

बौद्धिक क्षमता र सिर्जनात्मक सोचको प्रयोगबाट विद्या तथा धन आर्जन गर्ने अवसर मिल्नेछ। साथीभाइको सहयोगले चुनौतीहरू पार गर्न सहज हुनेछ। नयाँ सम्भावना सिर्जना गर्ने समय भएकाले आत्मविश्वासका साथ अघि बढ्नुहोस्।
शुभ रंग: सेतो | शुभ अंक: ६

मीन

लामो यात्रा वा टाढाको सम्पर्कबाट लाभ हुने संकेत देखिन्छ। पारिवारिक जिम्मेवारी वा खर्चिलो योजनाका कारण आर्थिक दबाब पर्न सक्छ, त्यसैले सोचविचार गरेर मात्र निर्णय लिनुहोला। स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनु आज आवश्यक छ।
शुभ रंग: रातो | शुभ अंक: ५

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *