मेष
आज तपाईंको कार्यक्षेत्र निकै सक्रिय रहनेछ। जिम्मेवारी बढे पनि त्यसअनुसार प्रशंसा र सम्मान प्राप्त हुनेछ। लामो समयदेखि सम्पर्कमा नरहेका आफन्त वा साथीहरूसँग भेटघाट हुनसक्छ, जसले मनलाई खुसी बनाउनेछ। दाम्पत्य जीवनमा आपसी समझदारी बलियो बन्नेछ।
शुभ रंग: सेतो | शुभ अंक: १
वृष
परिश्रम र लगनशीलताको राम्रो प्रतिफल आज प्राप्त हुने देखिन्छ। व्यापार–व्यवसायमा अपेक्षा गरेजति ठूलो फाइदा नभए पनि निरन्तर आम्दानी कायम रहनेछ। अड्किएका कामहरू बिस्तारै अघि बढ्ने भएकाले धैर्य कायम राख्नु उपयुक्त हुनेछ।
शुभ रंग: निलो | शुभ अंक: २
मिथुन
बौद्धिक क्षमता र चातुर्य प्रयोग गर्न सके आज कठिन मानिएका कामहरू सहजै सम्पन्न हुनेछन्। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सक्ने समय हो। प्रेम सम्बन्धमा देखिएको दूरी वा मनमुटाव समाधान हुने संकेत देखिन्छ।
शुभ रंग: हरियो | शुभ अंक: ४
कर्कट
आज मन अलि चञ्चल र अस्थिर रहन सक्छ। कुनै सानो कुराले पनि चिन्ता बढ्न सक्छ तर परिवार र साथीहरूको साथले मानसिक सन्तुलन कायम रहनेछ। राम्रो पहिरन र प्रस्तुतिले सामाजिक रूपमा सकारात्मक प्रभाव पार्नेछ।
शुभ रंग: पहेंलो | शुभ अंक: ३
सिंह
यात्राको सम्भावना देखिए पनि सामान र जिम्मेवारीप्रति सतर्क रहन आवश्यक छ। नजिकको स्थानमा घुमफिर वा भ्रमणको अवसर मिल्न सक्छ। घरपरिवारको साथ र सहयोगले आत्मबल उच्च रहनेछ।
शुभ रंग: केशरी | शुभ अंक: ५
कन्या
आज बोली र व्यवहारमा विशेष संयम अपनाउनु आवश्यक देखिन्छ। सानो गलत अभिव्यक्तिले पनि विवाद उत्पन्न हुन सक्छ। मानसिक चञ्चलताका कारण निर्णय क्षमता कमजोर हुनसक्छ, त्यसैले सोचविचार गरेर मात्रै कदम चाल्नु उपयुक्त हुनेछ।
शुभ रंग: हरियो | शुभ अंक: ३
तुला
सामाजिक र पेशागत जीवनमा आज सकारात्मक परिवर्तन देखिन्छ। मान–सम्मानमा वृद्धि हुनेछ। नोकरी वा पेशामा उच्च पदस्थ व्यक्तिहरूको सहयोग प्राप्त हुनसक्छ, जसले भविष्यका योजना अघि बढाउन मद्दत गर्नेछ।
शुभ रंग: सुन्तला | शुभ अंक: ४
वृश्चिक
इच्छा र आकांक्षा पूरा गर्न आज दौडधुप बढी गर्नुपर्ने देखिन्छ। शारीरिक थकान वा स्वास्थ्यसम्बन्धी साना समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउनु आवश्यक छ। रोजगारीका कारण आफन्तबाट टाढा रहनुपर्ने परिस्थिति आउन सक्छ।
शुभ रंग: खैरो | शुभ अंक: ७
धनु
शिक्षा, अध्ययन र अध्यापन क्षेत्रमा आजको दिन निकै सकारात्मक रहनेछ। नयाँ कामप्रति उत्साह बढ्नेछ। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा सफलता मिल्ने सम्भावना छ। दिन मनोरञ्जनपूर्ण र ऊर्जावान रहनेछ।
शुभ रंग: निलो | शुभ अंक: ८
मकर
आज प्रभावशाली र माननीय व्यक्तिहरूको सहयोगले रोकिएका कामहरू पुनः सुरु हुनेछन्। आम्दानी वृद्धि गर्ने नयाँ योजना प्रारम्भ गर्न सकिने समय हो। घरमा अतिथि आगमनको योग पनि देखिन्छ।
शुभ रंग: आकाशी | शुभ अंक: १
कुम्भ
विद्यार्थीहरूका लागि आजको दिन उत्साहजनक रहनेछ। गुरुजनको सहयोगले अध्ययनमा प्रगति हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्ने सम्भावना छ। धार्मिक तथा आध्यात्मिक गतिविधिप्रति चासो बढ्नेछ।
शुभ रंग: कलेजी | शुभ अंक: ९
मीन
आज आलस्य र कामप्रतिको ढिलासुस्तीले अपेक्षित परिणाम प्राप्त नहुन सक्छ। सवारी साधन चलाउँदा नियम पालना गर्न विशेष ध्यान दिनुहोला। अवसर आए पनि त्यसबाट लाभ उठाउन केही चुनौती सामना गर्नुपर्ने देखिन्छ।
शुभ रंग: पहेंलो | शुभ अंक: ३

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्