बीबीसीले बनाएको भदौ जेनजी आन्दोलनसम्बन्धी डकुमेन्ट्री रिपोर्ट हटाउन प्रेस काउन्सिललाई पत्र

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १४

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई लिएर बीबीसीले प्रकाशन गरेको डकुमेन्ट्री रिपोर्ट हटाउन आग्रह गर्दै निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्र लेखेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज बिहीबार काउन्सिललाई पत्र पठाइएको जानकारी दिए ।

‘बीबीसीको रिपोर्ट हटाउन भन्दै आयोगले पत्र पठाएको हो’

बीबीसी वल्र्ड सर्भिस र नेपाली सेवाले अंग्रेजी र नेपाली भाषामा दुई भिडियो रिपोर्ट आज सार्वजनिक गरेका थिए । रिपोर्टमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई उतारिएको छ । रिपोर्टमा आन्दोलनको क्रममा गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको भनिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *