काठमाडौं । नेपाल आयल निगमद्वारा पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँले मूल्यवृद्धि गरिएको छ ।
निगमकाले जानकारी दिए अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ७८ तोकिएको छ ।
आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने यथावत नै राखेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया