पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, मध्यरातदेखि नयाँ दर लागू

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमको निर्णयअनुसार घटेको मूल्य विहीबार मध्यरात १२ बजेदेखि लागू भएको हो ।

निगम सञ्चालक समितिले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाउने निर्णय गरेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १–१ रुपैयाँले घटाइएको छ ।

नयाँ मूल्यसूचीअनुसार अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँमा बिक्री हुनेछ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *