अमेरिकामा हिम आँधीबाट ६ करोड बढी मानिस प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष २२

काठमाडौँ : अमेरिकामा भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन्। कयौं राज्यमा आपतकाल घोषण समेत गरिएको छ। केन्टकी,भर्जनिया,वेस्ट भर्जनिया,कान्सास,न्यू जर्सी र मिसौरीलगायत राज्यहरूले आपतकाल घोषणा गरेको बीबीसीले जनाएको छ।

भारी हिमपातका कारण यी राज्यहरूका सबै राजमार्गहरू बन्द छन्।  त्यहाँका प्रशासनले सडक मार्ग नखुलाउन सुझाव दिएको छ।  हिम आँधीका कारण हजारौं उडान प्रभावित भएका छन् भन स्कुलहरू बन्द भएका छन्। भारी हिमपात र न्यूनतम तापमानले पछिल्लो दशकको रेकर्ड समेत तोडेको छ। कन्सास र मसौरी अहिले सबैभन्दा बढी प्रभावित छन्। आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिउँ परेको छ।

मौसम विभागका अनुसार हिमपातका कारण देशको मध्यदेखि पूर्वी भागसम्म करिब २० राज्यमा अवस्था गम्भीर हुने अनुमान गरिएको छ।वासिङटन डीसी र फिलाडेल्फियालगायत केही ठूला शहरमा हिमपात हुने अनुमान गरिएको छ।

मौसम विभागका अनुसार सोमबारदेखि मौसममा क्रमिक सुधार आउने संभावना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *