शीतल निवासमा राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच भेट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २३

काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ ।

मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेल राष्ट्रपति पौडेल भेटन शीतल निवास पुगेका हुन् ।

भेटमा बाढीपहिरोबाट भएको क्षति, पछिल्लो राजनीतिक घटनाक्रम, २१ फागुनमा हुने निर्वाचनको तयारी लगायतका बारेमा छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *