सुनको मूल्य तोलामा ५ सयले बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७९ माघ २३

आइतबार एकै दिन दुई हजार रुपैयाँले घटेको सुनको मूल्य सोमबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार ६ सय र तेजावी सुनको मूल्य एक लाख ४ हजार एक सय रुपैयाँ तोकिएको छ ।आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार एक सय रुपैयाँ  र तेजावी सुनको मूल्य एक लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ कायम भएको छ । महासंघकाअनुसार सोमबार चाँदीको मूल्य आइतबार जस्तै स्थिर छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *