|
२०८२ पुष २९
काठमाण्डौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा निर्वाचन समितिले निर्वाचन कार्यतालिका तयार भएको छ ।
अहिले निर्वाचन कार्यतालिका तयार पारेर मतदाता नामावली सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको समितिका एक सदस्यले बताए ।
उनका अनुसार मृतक र पार्टी छाडेबाहेकका सबै महाधिवेशन प्रतिनिधिको नाम मतदाता नामावलीमा समेटेर सार्वजनिक गरिनेछ । निर्वाचन तालिकामा साढे १ देखि साढे ३ सम्म उम्मेदवारी दर्ता, बेलुका ८ : ५५ मा मतदानको समय राखिएको छ ।
तर, बन्दसत्रमा समूहगत छलफल जारी नै रहेकाले बन्दसत्रको सेड्युलसँग मिलाएर कार्यतालिका तयार पारिएको ती सदस्यले बताए ।
विशेष महाधिवेशनले खम्बबहादुर खाती नेतृत्वको निर्वाचन समिति भंग गर्दै डेमोक्रेटिक लयर्स एसोसियसन (डिएलए) का अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा नयाँ समिति बनाइसकेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्