विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गर्‍यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २९

काठमाण्डौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो ।

यसअघिको समिति भंग गरेर केसीको संयोजकत्वमा नयाँ समिति गठन गरिएको हो । यसअघि पार्टीले खम्बबहादुर खाँतीको नेतृत्वमा निर्वाचन समिति बनाएको थियो ।

समितिको सदस्यहरुमा अशोक पोखरेल, गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन् ।

भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र जारी छ । अब बाँकी प्रक्रिया सुरु गरिने नेताहरुले जानकारी दिएका छन् । नयाँ समितिले निर्वाचनको प्रक्रिया अघि बढाउनेछ ।

अहिले संस्थापन पक्षसँग वार्ता पनि चलिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *