|
२०८२ पुष २५
काठमाण्डौँ । जेनजी अगुवा सुदन गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचन लड्ने घोषणा गरेका हुन् ।
गुरुङले आगामी निर्वाचनमा नयाँ शक्ति र नयाँ नेपाल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु’, शुक्रबार सामाजिक सञ्जालमा भनेका छन् ।
गोरखा उनको गृह जिल्ला हो । ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात’, उनले भनेका छन्, ‘नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।’ पछिल्लो समय रास्वपासँग झुकाव राखेका उनले पार्टी भने खुलाएका छैनन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्