विजय गच्छदारको आठौं पटक चुनाव लड्ने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २५

काठमाण्डौँ । नेपाली कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार फेरि चुनाव लड्ने तयारीमा जुटेका छन् ।

२०४८ सालयता उनले ७ पटक चुनाव लडिसकेका छन् । ७१ वर्षीय गच्छदार आठौं पटक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेका हुन् ।

उनको निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नम्बर ३ हो । संसदीय राजनीतिका चतुर खेलाडी मानिने गच्छदार २०७९ को निर्वाचनमा पहिलो पटक एमाले उम्मेदवार भगवती चौधरीसँग पराजित भएका थिए ।

गच्छदारले क्षेत्र नम्बर ३ बाट आफ्नो एकल नाम सिफारिस गराउन चाहेका थिए । तर, क्षेत्रीय समितिले गच्छदारसहित तीन जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय समितिले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार र ओम थापाको नाम सिफारिस गरेको हो । सिफारिसमा परेका दुहबीका वर्तमान मेयर गच्छदार विजयकुमारको नाताले भतिज पर्छन् ।

नेपाली कांग्रेस जिल्ला समिति सचिव विरेन्द्र साहका अनुसार क्षेत्रीय समितिको सिफारिस जिल्लामा आइसकेको छैन । क्षेत्रबाट गच्छदारको एकल नाम सिफारिसका लागि छलफल भएको बताउँदै उनले तीन जनाको नाम सिफारिस भएर आइनसकेको बताए ।

कांग्रेस नेता गच्छदारले २०४८ सालयता ७ वटै निर्वाचन लडेका छन् । ६ वटामा अपराजित रहेका उनले २०७९ सालमा मात्रै पराजय भोगे ।

२०४८ देखि २०७४ सम्म हुने १२ पटक मन्त्री बनेका छन् । २०४८ मा सञ्चार राज्यमन्त्री बनेका थिए । अन्तिम पटक २०७४ सालमा उपप्रधान तथा स्थानीय विकास मन्त्री बनेका थिए । त्यसता उनको राजनीति निरन्तर ओरालो यात्रामा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *