|
२०८२ पुष २५
काभ्रेपलाञ्चोकको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रमा पछिल्ला दुई महिनामा क्यूआर कोडसहितका ८ हजार ९८३ सवारी चालक अनुमतिपत्र छापिएका छन्। कात्तिक २१ गतेदेखि सुरु भएको छपाइमध्ये करिब ७ हजार लाइसेन्स वितरण भइसकेका छन्।
यातायात व्यवस्था विभाग र केन्द्रबीच भएको सम्झौताअनुसार ६ महिनाभित्र १२ लाख स्मार्ट लाइसेन्स छाप्ने लक्ष्य राखिएको छ। प्रारम्भिक परीक्षणपछि अब माघदेखि दैनिक १० हजारका दरले लाइसेन्स छाप्ने तयारी गरिएको केन्द्रले जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्