यातायात विभागको परिवर्तन: तयार लाइसेन्स सूची फेसबुकमा सार्वजनिक हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ५

काठमाडौँ । यातायात व्यवस्था विभागले अबदेखि छपाइ सकिएका चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण सोझै सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्ने भएको छ।

विभागले बिहीबार जारी गरेको सूचनाअनुसार सुरक्षण मुद्रण केन्द्रमा छपाइ पूरा भई वितरणका लागि पठाइएका सबै लाइसेन्सको नामसूची विभागको आधिकारिक फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मा उपलब्ध गराइनेछ।

सूचनामा भनिएको छ, “पहिले अनलाइन फारम ‘एप्रुभ’ भएको ७२ घण्टाभित्र लाइसेन्स लिन आउनु भन्ने जानकारी प्रणालीबाट पठाइन्थ्यो। तर जेन–जी आन्दोलनका कारण सो प्रणाली बिग्रिएपछि अब छपाइ सम्पन्न भई विभागमा आइपुगेका लाइसेन्सहरूको विवरण फेसबुकमा प्रकाशन गरिनेछ।”

फेसबुकमा आफ्नो नाम समावेश भएको देखिएपछि सक्कल राजस्व रसिदपुरानो सवारी चालक अनुमतिपत्र सहित विभागमा उपस्थित हुन विभागले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *