काठमाडौँ — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुन २१ मा निर्वाचन अनिवार्य रूपमा सम्पन्न हुनु पर्ने बताएका छन्। उनका अनुसार, प्रजातन्त्रको आधार नै निर्वाचन भएकाले कांग्रेस पार्टी यसमा सक्रिय रूपमा सहभागी हुन आतुर छ।
‘संविधानको रक्षा र मुलुकलाई संक्रमणबाट बचाउनको लागि निर्वाचन नै एक मात्र उपाय हो,’ कोइरालाले बताए। उनले थपे, ‘हामी निर्वाचनको मिति पर्खिरहेका छौँ, तर सरकारको तयारी हेर्दा निर्वाचनमा ढिलाइ हुनसक्ने आशंका पनि छ।’
कोइरालाले सरकारलाई निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाउँदै भने, ‘कतिपय दलका नेताहरूलाई काठमाडौं बाहिर जान रोकिएको छ, चोरी भएका हतियार अझै बाहिर छन्, र कैदीहरू बाहिर छन्। यसबारे सरकार के सोचिरहेको छ?’
उनले आफ्नो निर्वाचन क्षेत्र मोरङ-६ अन्तर्गत सुन्दरहरैंचा–४ का स्थानीय नेताहरूसँगको भेटमा पार्टी कार्यकर्तालाई निर्वाचन तयारीमा जुट्न पनि निर्देशन दिएका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्