अब चुनावमा जानुको विकल्प छैन : शेखर कोइराला

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ४

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब देश चुनावमा जाने विकल्प नै उचित भएको बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा आज पत्रकार सम्मेलन आयोजना गरी कोइरालाले भने, “राष्ट्रपतिले संविधानलाई थोरै क्षति गरेर भए पनि देशलाई निकास दिनु भएको छ । अब चुनावमा जानुको विकल्प छैन ।” कोइरालाले चुनावको तयारीमा लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह समेत गरे । उनले कोइराला निवासबाट फेरि उठेर लोकतन्त्रका लागि अग्रसर हुने बताए ।

अब कांग्रेस कसरी अगाडि बढ्ने भन्ने पार्टीले निर्णय लिएर अघि बढ्ने उनले बताए । कोइराला निवास जलेर पनि लोकतान्त्रिक पद्धति बसाल्न गरेको योगदान कायम रहने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *