|
२०८२ पुष ४
तनहुँ – आँबुखैरेनी–४ बेनिटारमा प्रहरीले कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१ का १९ वर्षीय ओमबाबुप्रसाद यादव रहेका छन्।
प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, यादवलाई सवारीसाधन रोकि जाँच गर्ने क्रममा पेस्तोलसहित फेला पारिएको हो। उनी बाराको कलैयाबाट पोखरा जाँदै गरेको ग२ख २७५ नम्बरको बसमा सवार थिए।
प्रहरीले यादवलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा ल्याएको छ र थप अनुसन्धान भइरहेको छ। मुग्लिन पुल नजिकको अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले पृथ्वीराजमार्गको सडक खण्डमा सवारीसाधन जाँचलाई अझ तीव्र बनाएको छ।
यस घटनाले यात्रु सुरक्षा र सवारी जाँचमा प्रहरीको सतर्कता बढाएको देखाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्