श्रीमतीलाई ज्यान मार्ने धम्की दिएका पुरूष पेस्तोलसहित पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८० मंसिर १६

धनुषामा कटुवा पेस्तोसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सबैला नगरपालिका-८ ठिल्लाका ५१ वर्षीय रामइश्वर ठाकुर छन्।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार शुक्रबार साँझ  ठाकुरले उनकी ५० वर्षीया श्रीमती रामकाशी देवीमाथि कुटपिट गरी पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएका थिए।

ठाकुरले श्रीमतीमाथि पेस्तोल तेर्स्याएर ज्यान मार्ने धम्की दिएको सूचना छिमेकीले प्रहरीलाई दिएका थिए।

सूचना पाएपछि इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले ठाकुरलाई उनको घरबाट पेस्तोलसहित पक्राउ गरेको हो।

ठाकुरको शरीर तथा घर खानतलासी गर्दा ९ ईन्च लम्बाई भएको कटुवा पेस्तोल बरामद भएको डिएसपी अवाले बताए।

उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *