|
२०८२ पुष २
काठमाण्डौँ । हुम्ला-काठमाडौं बस सेवा सुरु भएको छ ।
हुम्लादेखि काठमाडौंसम्म बुधबारदेखि पहिलो पटक बस सेवा सुरु भएको हो ।
हुम्ला हिल्सा यातायात प्रालिका सञ्चालक विशाल रोकायाका अनुसार हुम्ला‐सुर्खेत, हुम्ला‐नेपालगञ्ज, हुम्लादेखि काठमाडौंसम्म नियमित बस सेवा सुरु भएको हो ।
हुम्लादेखि सुर्खेतसम्म ५ हजार, हुम्लादेखि नेपालगञ्जसम्म ५ हजार, हुम्लादेखि काठमडौंसम्म ६ हजार ५ सय रुपैयाँ भाडा दर रहेको उनले बताएका छन् ।
हिल्सा यातायातले हुम्लाबाट काठमाडौं र मुगुबाट काठमाडौंसम्म पनि बस सेवा सुरु गरिएको सो प्रालिले जनाएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्