निर्वाचन खर्च पारदर्शी बनाउन नयाँ आचारसंहिता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २९

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिता–२०८२ मा नयाँ व्यवस्था थप गरेको छ। आयोगले खर्च र आम्दानीलाई पूर्ण रूपमा पारदर्शी बनाउन सबै आर्थिक कारोबार बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था गरेको हो।

नयाँ आचारसंहिताअनुसार उम्मेदवार र राजनीतिक दलले निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नुपर्नेछ। खर्च गर्दा बिल–भरपाई अनिवार्य राख्नुपर्ने र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी त्यसको विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ।

यसैगरी २५ हजार रुपैयाँभन्दा बढी सहयोग बैंकमार्फत मात्रै लिनुपर्ने, नगद सहयोग लिएमा रसिद दिई बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन सकिएपछि खर्चको विवरण सार्वजनिक गरी तोकिएको समयभित्र आयोगमा बुझाउनुपर्ने प्रावधान पनि राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *