|
२०८२ मंसिर २७
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा सुरु हुँदैछ। उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने अपेक्षा गरिएको छ।
महाधिवेशन उद्घाटनमा २०० भन्दा बढी कला–संस्कृति झल्काउने झाँकी, राष्ट्रिय एकता झल्काउने सांगीतिक प्रस्तुति र भव्य मञ्चको व्यवस्था गरिएको छ। कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित १६ दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ।
सुरक्षा र व्यवस्थापनका लागि १० हजार स्वयंसेवक परिचालन गरिनेछ भने मञ्च वरिपरि एलइडी स्क्रिन र शक्तिशाली साउन्ड सिस्टम जडान गरिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले विद्युतीय प्रणालीमार्फत महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्