महाधिवेशन उद्घाटन स्थलको तयारी सल्लाघारीमा यसरी हुँदैछ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २६

काठमाण्डौँ । नेकपा एमालेको ११ औं महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ ।

उद्घाटन सत्र आयोजना हुने भक्तपुरको सल्लाघारी मैदानमा यति बेला संरचना निर्माण, मञ्च तयार पार्ने काम, साउन्ड प्रणाली तथा आवश्यक व्यवस्थाहरू द्रुत गतिमा भइरहेको छ ।

एमालेले उद्घाटन सत्रमा करिब तीन लाख जनसहभागिता हुने दाबी गरेको छ ।

त्यस्तै, महाधिवेशनको बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन गरिनेछ । बन्द सत्रमा केन्द्रीय नेतृत्वको प्रतिवेदन, नीति–कार्यक्रम, विधान संशोधन तथा नयाँ नेतृत्व चयन सम्बन्धी प्रक्रिया सम्पन्न हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *